नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६५ फागुन १५ गतेको निर्णय अनुसार साविकको अञ्चल यातायात ब्यवस्था कार्यालय गण्डकीलाई यातायात ब्यवस्था कार्यालय सवारी र यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा विभाजन गरी हाल यो कार्यालय यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीको रुपमा कार्यसम्पादन गरिरहेको छ । संघीयता कार्यान्वयन संगै वि.सं. २०७४ सालमा प्रदेश सरकार स्थापना भए पछि सम्पूर्ण यातायात कार्यालयहरु प्रदेश सरकार मातहत आएपश्चात हाल यो कार्यालय गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय मातहत रही कार्य गरिरहेको छ।
यस कार्यालयको कार्यसम्पादनको कानुनी आधार यातायात ब्यवस्था ऐन २०४९ तथा यातायात ब्यवस्था नियमावली २०५४ र यस कार्यालय गण्डकी प्रदेश सरकार मातहत आइसकेपछि गण्डकी प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन २०७६ तथा गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० समेत रहेका छन ।
यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीको कार्यालय हाल पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोकमा कार्यालयको आफ्नै स्वामित्वको कुल करिब २६ रोपनी क्षेत्रफल मध्ये २२ रोपनी क्षेत्रफलमा अवस्थित रहेको छ । हाल यस कार्यालयको अस्थाइ ट्रस भवन तथा एउटा पक्की भवनबाट सेवा प्रवाह भईरहेको छ। प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालनका लागि वर्ग A/K (मोटरसाइकल, स्कुटर, मोपेड) तथा वर्ग B, D, E, F का लागि कार्यालय परिसरमा दुई वटा छुट्टाछुट्टै आफ्नै ट्रायल सेन्टर रहेका छन।