Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय परिचय 2080-03-17

भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको एउटा कार्यालय हो यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र । यस कार्यालयको कार्यालयको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ जिल्लाहरु कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, बाग्लुङ, पर्वत, म्याग्दी,  मनाङ र नवलपुर पर्दछन् । 

यस कार्यालय नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६५ फागुन १५ गतेको निर्णय अनुुसार साविकको अञ्चल यातायात ब्यवस्था कार्यालय गण्डकीलाई यातायात ब्यवस्था कार्यालय सवारी र यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा विभाजन गरी स्थापना गरी कार्यसम्पादन गरिरहेको छ । 

यस कार्यालयको कानुनी आधार भनेको स‌ंघिय कानुनमा यातायात ब्यवस्था ऐन २०४९ तथा सवारी तथा यातायात ब्यवस्था नियमावली २०५४ र यस कार्यालय गण्डकी प्रदेश सरकार मातहत आइसकेपछि गण्डकी प्रदेश सरकारले निर्माण गरेको प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन २०७६ समेत कार्यान्वयन भई आएको छ । 

यस कार्यालयले सम्पादन गर्ने कार्यहरु

  1. लाइसेन्स परिक्षा सञ्चालन गर्ने ।
  2. नयाँ लाइसेन्स जारी गर्ने
  3. लाइसेन्स नविकरण गर्ने । 
  4. लाइसेन्स प्रमाणिकरण गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2081-01-21 03:47:48

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की

Powered By: ProActive Developers