1 महिना अगाडी
2082-05-31
हार्दिक आभारसहित सरसमान फिर्ताको लागि विनम्र अनुरोध!
Zen-Z युवाहरुको भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा यस यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा आगजानी भई ठुलो क्षति भएको व्यहोरा यहाहरूमा सर्वविदितै छ। यस विषम परिस्थितिमा कार्यालयले आगजानी भएको क्षेत्रलाई सफा गरी सर्वसाधारणले प्राप्त गर्नुपर्ने आधारभूत र अत्यावश्यक सेवा सकेसम्म छिटो सञ्चालन गर्नको लागि सक्दो प्रयास गरिरहेको छ। यसै क्रममा कार्यालयको अनुरोधलाई स्वीकार गरी आज भदौ ३१ गते बिहान ७.०० बजेबाट कार्यालय सरसफाईमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा कार्यालय हार्दिक आभार प्रकट गर्दछ।
आगजानीको हुँदा कार्यालयका सरसमानहरू (संकलित राजश्व, कम्प्यूटर, प्रिन्टर, फर्निचर लगायतका सार्वजनिक सम्पत्ति) नष्ट हुनबाट जोगाउनको आआफ्ना घरमा लगेर सुरक्षित राखिदिनुभएका सम्पूर्ण महानुभावहरूलाई अब उक्त सामानहरू कार्यालयमा ल्याएर फिर्ता बुझाइदिनुहुन विनम्र अनुरोध गरिन्छ। साथै, कार्यालय वरिपरि रहेका घर तथा सटरहरूका CC Camera फुटेजबाट कार्यालयबाट निकालिएका सामाग्रीहरूसहित यहाँहरूको पहिचान संकलन भैरहेको हुँदा लगेका सामानहरु फिर्ता नगरेमा प्रहरीबाट खानतलासी, पक्राउ एवं कानूनबमोजिम अधिकतम् कारवाही हुनेनै हुँदा यथाशक्य छिटो सामानहरु (संकलित राजश्व, कम्प्यूटर, प्रिन्टर, फर्निचर लगायतका सार्वजनिक सम्पत्ति) फिर्ता गरी संकटको यस घडीमा आआफ्नो इमान्दारीता प्रकट गरिदिनुहुनसमेत सम्बन्धित सबैमा अनुरोध छ।
-कार्यालय परिवार
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers