8 दिन अगाडी
2082-11-13
मिति २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा लागि सुरक्षाकर्मी र यस कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिई जानु पर्ने भई सवारी चालक अनुमति पत्रसँग सम्बन्धित लिखित र ट्रायल परीक्षाहरू सञ्चालन गर्न जनशक्ति अभाव हुने हुँदा यस कार्यालयबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्नको लागि आवेदन दिएका आवेदकहरूको लिखित तथा ट्रायल परीक्षा निर्वाचन पश्चात सञ्चान हुने गरी हाल स्थगित गरिएको छ। परीक्षा सञ्चालन हुने मिति र नामावली सम्बन्धमा मिति २०८२ फागुन १७ गते आइतबार बेलुका ५.०० बजेपछि सूचना प्रकाशित गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ।
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers