2080-03-28
2080-03-28
मिति २०८०।०३।२५ गतेदेखि मिति २०८०।०३।२८ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्च :
१. लिखित परीक्षा पास भएका परीक्षार्थीहरु मध्ये वर्ग K- Scooter को ट्रायल परीक्षा मिति २०८०।०३।३१ गते आइतबार र मिति २०८०।०४।०५ गते शुक्रबार तथा वर्ग A-Motorcycle को ट्रायल परीक्षा मिति २०८०।०४।०१ गते सोमबार र मिति २०८०।०४।०२ गते मंगलबार बिहान ८:३० बजेदेखि सुरु हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थित हुनुहोला।
२. प्रयोगात्मक परीक्षाको लागि प्रत्येक दिन र वर्गको लागि छुट्टाछुट्टै नामावली प्रकाशित गरिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट्न गएमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
३.परीक्षार्थीहरुले प्रयोगात्मक परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला।
फाईलको नाम | डोउनलोड |
---|---|
WrittenTestReport(2).pdf |
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers