3 दिन अगाडी
2082-05-30
सरसफाई कार्यमा सहयोगको लागि हार्दिक अनुरोध।
Zen-Z युवाहरूले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरुप्रति भावपूर्ण श्रदाञ्जली एवं पहरिवारजनमा गहिरो समवेदना अपर्ण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा यस यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा आगजानी भई ठुलो क्षति भएको व्यहोरा यहाहरूमा सर्वविदितै छ। यस विषम परिस्थितिमा कार्यालयले आगजानी भएको क्षेत्रलाई सफा गरी सर्वसाधारणले प्राप्त गर्नुपर्ने आधारभूत र अत्यावश्यक सेवा सकेसम्म छिटो सञ्चालन गर्नको लागि सक्दो प्रयास गरिरहेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरूबाट मात्रै सरसफाई गरी यथाशक्य छिटो कार्यसञ्चालन गर्न सम्भव नभएको हुँदा जनस्तरबाट यथासम्भव अधिक सहयोगको अपेक्षा गरेका छौँ। यसैक्रममा मिति २०८२ भाद्र ३१ गते मंगलबारका दिन बिहान ७.०० बजेबाट कार्यालय क्षेत्र सरसफाईको कार्यक्रम सुरुवात गर्न लागिएको हुँदा सरसफाई कार्यमा सहभागी भई सक्दो सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
-कार्यालय परिवार
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers