27 दिन अगाडी
2082-06-03
सरसमान फिर्ता गर्ने सम्बन्धी सूचना।
Zen-Z युवाहरुको भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा यस यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा आगजानी भई ठुलो क्षति भएको व्यहोरा यहाहरूमा सर्वविदितै छ।
उक्त आन्दोलनका क्रममा कार्यालयका सरसमानहरू (संकलित राजश्व, कम्प्यूटर, प्रिन्टर, नेटवर्किङ डिभाइस, छपाइ भई आएका स्मार्ट लाइसेन्स, कार्यालयका कागजातहरु, सवारी चालक अनुमति पत्र जारी तथा नविकरणसँग सम्बन्धित कागजातहरु, फर्निचर, दराज लगायतका सार्वजनिक सम्पत्ति) मध्ये केही उक्त आगजानीमा परेर नष्ट भएका र केही चोरी गरेर लगेको पाइएको छ। यसै सन्दर्भमा, कार्यालय वरिपरि रहेका घर तथा सटरहरूका CC Camera फुटेजबाट कार्यालयबाट चोरी गरी निकालिएका सामाग्रीहरूसहित लैजाने व्यक्तिहरूको पहिचान संकलन भैरहेको हुँदा लगेका सामानहरु फिर्ता नगरेमा प्रहरीबाट खानतलासी, पक्राउ एवं कानूनबमोजिम अधिकतम् कारवाही हुनेनै हुँदा यथाशक्य छिटो उक्त सरसामानहरु फिर्ता गरी संकटको यस घडीमा आआफ्नो इमान्दारीता प्रकट गरिदिनुहुनसमेत सम्बन्धित सबैमा अनुरोध छ। साथै यस कार्यालयसँग सम्बन्धित कुनैपनि सरसमान तथा कागजात कार्यालयबाहिर कहिँकतै देख्नु/भेटनु भएमा यस कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन तथा खबर गरिदिनुहुनसमेत बिनम्र अनुरोध छ।
-कार्यालय प्रमुख
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers