5 दिन अगाडी
2082-08-15
वर्ग B(Car, Jeep, Van) को रिट्रायलका लागि मिति २०८२ भाद्र १९ र २० गते राजस्व जम्मा गरेका परीक्षार्थीमध्ये मिति २०८२।८।२३ गते मंगलबार रिट्रायल (प्रयोगात्मक) परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट दिउँसो १.३० बजेसम्म ट्रायलमा सहभागी हुनुभन्दा अगाडी हाँजिर गरिसकेको हुनुपर्नेछ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. वर्ग B को रिट्रायल मिति २०८२।८।२१, २२ र २३ गते ३ दिन हुने हुँदा आआफ्नो पालो परेको दिनमा मात्रै ट्रायलको लागि कार्यालयमा उपस्थित हुनुहोला। यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावली सहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| b_23_mon_TrailTestSchedulereport.pdf |
© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, कास्की
Powered By: ProActive Developers