२०८३/०३/३० देखि २०८३/०४/०१ गतेसम्म वर्ग थप/नयाँ दर्ता/लिखित नतिजामा पास भएका र रिट्रायलको लागि राजश्व बुझाएका वर्ग B (Car, Jeep, Van) का दर्ता भएका मध्ये मिति २०८३/०४/०७ गते विहिवार ट्रायल/रिट्रायल हुने परिक्षार्थीहरुको नामावली।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान .३० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान ९.३० बजेबाट दिउँसो १.३० बजेसम्म ट्रायलमा सहभागी हुनुभन्दा अगाडी हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. ट्रायलको लागि क्रमअनुसारको आफ्नो पालोमा अनुपस्थित हुने आवेदकलाई सो दिनमा पुनः ट्रायलको व्यवस्था गर्न कार्यालय बाध्य हुनेछैन। तसर्थ आआफ्नो पालोमा भिडभाड नगरी ट्रायल सेन्टरमा उपस्थित हुनुहुन अनुरोध छ।
४. बर्ग B को ट्रायल/रिट्रायल परिक्षा २०८३/०४/०५, ०६ र ०७ गते हुने हुँदा आफ्नो पालो परेको दिनमा मात्र कार्यालयमा उपस्थित हुनु होला । यस सूचनामा प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
५. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
६. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
८. नामावली सहितको फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।