बारम्बार सोधिने प्रश्नहरू

सेवा प्रकृतिअनुसार मिल्ने/नमिल्ने व्यवस्था प्रचलित नियम अनुसार हुन्छ।

मिल्छ, तर ढिलो नवीकरण गरेमा कानुन बमोजिम जरिवाना लाग्छ।

म्याद सकिएको पाँच वर्षको अवधि भित्र नवीकरण गर्नुपर्छ।

फेल भएको ९० दिन पछि पुनः फर्म भर्नुपर्छ ।

यातायात व्यवस्था विभागको आवेदन पोर्टल https://applydlnew.dotm.gov.np/ मा गइ अनलाइन फाराम भर्न सकिन्छ।

• नागरिकताको सक्कल प्रमाणपत्र, • अनलाइन फाराम दर्ता गरेको प्रमाण, • तोकिएको शुल्क बुझाएको रसिद तथा अन्य आवश्यक कागजात।

• दुई पाङ्ग्रे सवारी साधनका लागि न्यूनतम १६ वर्ष, • मझौला सवारीसाधनका लागि १८ वर्ष र • ठूला सवारीसाधनका लागि २१ वर्ष उमेर पुगेको हुनुपर्छ।

सवारीचालक अनुमतिपत्रको लागि फर्म भर्ने दिनहरू देहाय बमोजिम रहेको छ। • नयाँ लाईसेन्स दर्ता र वर्ग थपको आवेदन सोमबार देखि विहिबार दर्ता हुनेछ भने शुक्रबार दर्ता हुनेछैन। • लाईसेन्सको नवीकरण सोमबार देखि शुक्रबारसम्म नै हुनेछ। • रिट्रायलको दर्ता शुक्रबार मात्र हुनेछ भने अन्य दिन रिट्रायल दर्ता हुनेछैन।

असफल भएमा १८ महिना भित्रमा पुनः २ पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ । जुनसुकै हप्ताको शुक्रबार आइ रिट्रायल दर्ता गरी राजश्व बुझाउनुपर्नेछ ।

• ठूल सवारीको निम्ति २१ वर्ष उमेर पूरा गरेको व्यक्ति, • मझौला तथा साना सवारीको निम्ति १८ वर्ष उमेर पूरा गरेको व्यक्ति, • कार, जीप र तीन पाङ्ग्रे लगायतको दुइ पाङ्ग्रे सवारीको लागि १६ वर्षउमेर नपुगेको व्यक्ति।

• चालक वा निवेदकले आफुले समावेश गराउन चाहेको सवारीको किसिम खुलाई Online Form भर्ने, • सो फर्ममा तोकिएको मितिमा सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क मितिमा उपस्थित भइ दर्ता गर्ने, • प्राप्त दरखास्त साथ संलग्न कागजातहरु रुजू गरी स्वीकृत भएमा सामान्यतया बढीमा १ हप्ताभित्र त्यस्ता निवेदकहरुको प्रयोगात्मक परीक्षा लिइन्छ । • पहिले कुनै सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेका व्यक्तिहरुले थप सवारीका लागि अनुमतित्र प्राप्त गर्न पुनः लिखित परीक्षा दिनुपर्दैन, • यस्ता निवेदकहरुको अनुमतिपत्र लिन चाहेको सवारीको परीक्षा समितिले तोके बमोजिमको स्थान, समय र मितिमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइन्छ, • प्रयोगात्मक परिक्षास्थलमा परिक्षार्थीले सवारी साधन चलाउन सक्ने नसक्ने वारेमा प्रयोगात्मक विधिवाट परिक्षा लिईन्छ, • प्रयोगात्मक परीक्षा उत्तीर्ण भएमा कम्तिमा पाँच दिनको अवधि पछि १८ महिनाभित्र कार्यालयमा स्मार्ट कार्डको लागि राजश्व बुझाउनुपर्छ ।

चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा सात दिनभित्र चालकले सम्बन्धित यातायात व्यवस्था कार्यालयमा अधिकारप्राप्त अधिकारीसमक्ष देहाय बमोजिमको रु ५०० दस्तुरसहित तोकिएको ढाँचामा दरखास्त दिनु पर्नेछ । अनुमतिपत्र हराएकाको हकमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको सिफारिसपत्रसमेत संलग्न गर्नुपर्नेछ ।

सवारीचालक अनुमतिपत्रमा बाहकको कुनै अभिलेख वा विवरणमा केही छुट भएको वा थप गर्नुपर्ने वा गल्ती भएको भए सवारी चालक अनुमतिपत्र जारी गर्ने सम्बन्धित कार्यालयमा सक्कल नागरिकता वा पुष्ट्याँइ हुने अन्य कागजातका साथ रु २५० राजश्व तिरी निवेदन दिनुपर्छ । सम्बन्धित कार्यालयले प्राप्त निवेदन हेरी अभिलेख थप गर्न वा सच्चाउन सकिनेछ ।

• आफ्नो बसोबास भएको जिल्ला वा स.चा.अ.प.हराएको जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालयबाट हराएको हो भनी दिएको पत्र लिइ आउने, • सम्बन्धित व्यक्ति आफै यातायात व्यवस्था कार्यालयमा गइ प्रतिलिपिका लागि राजश्व तिर्ने र त्यसपछि प्रतिलिपि प्राप्त हुन्छ । तर प्रतिलिपि लिनको लागि स.चा.अ.प. जारी गर्ने कार्यालयमानै पुग्नुपर्ने हुन्छ ।

• वहाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र नवीकरण गरिसक्नुपर्छ । • वहाल अवधिपछिको ९० दिन सम्म पनि अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १००%, • दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लाग्छ, • यस्तो नवीकरण पाँच वर्ष लागि कायम रहनेछ । पाँच वर्षम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्द हुनेछ, • ५००% जरिवानाको म्याद (५ वर्ष) पनि गुज्रेमा यस्तो अनुमतिपत्रको नवीकरण गरिने छैन, सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागी रु ३०००/-¸ मझौला सवारीका लागी रु २५००/-¸ मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागी रु २०००/- र मोटरसाइकल, स्कुटरका लागी रु १५००/- लाग्नेछ । तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएकाहरूको हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्नेछ ।