वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।०६ गते बुधबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।
वर्ग A/K (Motorcycle, Scooter, Moped) का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८३।०२।०६ गते बुधबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. लिखित परीक्षा बिहान ०९:३० बजेबाट सुरु हुनेछ। परीक्षा सुरु हुनुभन्दा १० मिनेट ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सकिने छैन।
२. लिखित परीक्षा २ सिफ्टमा हुनेछ। पहिलो सिफ्ट ०९:३० बजेबाट क्र.सं. १ देखि १०० सम्मको हुनेछ। पहिलो सिफ्टको परीक्षा सम्पन्न हुनासाथ दोस्रो सिफ्ट सुरु हुनेछ।
३. लिखित परीक्षाको हाँजिरी र परीक्षा परीक्षा हलमा हुनेछ। लिखित परीक्षाको नामावलीमा प्रकाशित क्रम अनुसार हाँजिर हुनुपर्नेछ। तसर्थ हाँजिरको लागि लाइन बस्दा आफ्नो क्रम अनुसार बस्ने र सोही अनुसार आफ्नो क्रममा हाँजिर गर्नुपर्नेछ। आफ्नो क्रममा उपस्थित नहुने परीक्षार्थीको हाँजिर अन्तिममा गराइनेछ। हाँजिर गर्ने क्रममा आफ्नो पालो नआउँदासम्म सहनशील भइ परीक्षा हल बाहिर लाइनमा बसिदिनुहुन अनुरोध छ।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
५. उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
६. उत्तरपुस्तिकामा प्रश्नपत्र सेट, आवेदक नम्बर (APPLICANT ID ) र पुरा नाम, थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
७. लिखित परीक्षामा फेल भएमा पुनः लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुपर्ने हुँदा हेलचेक्रयाइँ नगर्नुहुन समेत अनुरोध छ।
८. हाम्रो कार्यालयको वेबसाइटको प्रकाशनमा राखिएको प्रश्नहरुबाट मात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
९. Play Store तथा App Store मा लिखित परीक्षा सम्बन्धी केही महत्त्वपूर्ण Apps रहेका हुँदा अध्ययनको वैकल्पिक स्रोतको रुपमा प्रयोग गरी लिखित परिक्षाको तयारी गरी आउनुहुन अनुरोध छ।
१०. लिखित परीक्षाको नतिजा र ट्रायल सम्बन्धी सूचना आउँदो शुक्रवारका दिन बेलुका ०५.०० बजे हाम्रो वेभसाईट https://tmolkaski.gandaki.gov.np/ मा प्रकाशित गरिनेछ।