हाम्रो मिशन

सवारीचालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण सेवाहरूलाई पारदर्शी, प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री रूपमा प्रवाह गर्नु।

सुरक्षित, व्यवस्थित र गुणस्तरीय सडक यातायात प्रणालीको विकासमा योगदान पुर्‍याउन सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी परीक्षा सञ्चालन, नयाँ लाइसेन्स जारी, नविकरण, प्रमाणिकरण, निलम्बन तथा खारेजी, विवरण सच्याउने, हराएको लाइसेन्सको प्रतिलिपि जारी गर्ने तथा स्मार्ट लाइसेन्स वितरण लगायतका सेवाहरूलाई पारदर्शी, प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री ढंगले प्रदान गर्नु नै हाम्रो मिसन हो।